हिमाल दैनिक
लोसपाले भन्यो: 'असोज तीन, कालो दिन'
lospaa
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएको लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाएका छन् । संविधानले आफुहरुको भावना समेट्न नसकेको भन्दै लोसपाले असोज तीनलाई कालो दिन भनेका हुन् । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने निर्णयसंगै लोसपाले आइतबार काठमाडौंमा शहीलको बलिदानी एवं संविधानको पूर्णता बिषयक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमम लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले संविधान जारी भएको दिन आन्दोलनका उठ्न बल दिएको बताए । उनले अहिलको अवस्थामा आफुहरुले संविधानलाई स्वीकार गर्न नसक्ने बताए । अहिले पूर्ण संविधान बनेपनि कार्यान्वयन हुन्छ कि हुन्न भन्न प्रश्न महत्वपूर्ण रहेको उनको भनाई छ । आइतबार नै लोसपाले प्रदेश दुईमा पनि संविधान दिवसलाई कालो दिनका मनाएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update