कोरोना महामारीका कारण मे २ बाट स्थगित भएको इन्डियन प्रिमियर लिग सुरु भएको छ । १४० दिनपछि आइतबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इनियनसलाई २० रनले पराजित गरेको छ ।
खेलमा चेन्नईले टस जितेर ब्याटिंग गर्नका लागि क्रिजमा उत्रिएको थियो । चेन्नईले २० ओभरमा ६ विकेटको नोक्सानमा १५६ रन बनाएको थियो।
दोश्रो इनिंगमा मुम्बईले ८ विकेटको नोक्सानमा १३६ रन मात्र बनाउन सक्यो । यस जीतसंगै चेन्नई १२ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ । चेन्नईको जीतमा ड्वेन ब्रावोले सबै भन्दा बढी (३ )विकेट लिएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय