जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिमण्डल बिस्तार हुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसंग कुरा गर्दै यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताएका हुन् । उनले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने धारणा राखे । त्यस्तै उनले मन्त्रालयको बाँडफाँडमा सहमति पनि नभएको बताए ।
वर्तमान सरकार गठन भएको लामो समय हुदा पनि मन्त्रिपरिषद्ले पुर्णता पाउन नसक्दा गठबन्धन दलको आलोचना भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्