हिमाल दैनिक
बाबुराम भट्टराईले भने: बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद हो
babauram-bhattrai
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भइरहेको बताएका छन् । सोमबार काठमाडौंको माइतिघरमा बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउदै भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा भएको अस्वभाविक ढिलाइलाई पन्छाउदै वर्तमान सरकारले यसलाई अघि बढाउनुपर्ने बताएका हुन् । उनले यसअघिको प्रतिगामी सरकार हटिसकेको भन्दै वर्तमान सरकारले जनताको जायज मागलाई सम्बोधन गर्दै आयोजना अघि बढाउनुपर्ने धारणा राखे । उनले आयोजनाको काम लामो समयसम्म पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको टिप्पणी गरे । परियोजना पुरा गर्नका लागि स्थानीयहरु नै धर्नामा बस्नु दुर्भाग्य रहेको भट्टराईले बताए । उनले भने,'यो कसरी बनाउने, कसलाई ठेक्कापट्टा दिने, कसले कति कमिसन खाने भन्ने जस्ता बखेडाहरू झिकेर यो परियोजना ढिलो गरिनु अत्यन्त लज्जास्पद छ । स्थानीय जनतालाई विस्थापित गरेर, बेघरबार गरेर अन्यत्र धपाउने र त्यहाँ बनाएको परियोजनाबाट केही टाठाबाठाले लाभ लिने र राज्यको दोहन गरेर जनतामाथि शासन गर्ने बिडम्बनापूर्ण अवस्था छ । जनताले जुन जायज माग उठाएका छन्। ' आयोजनाका डुबानपीडित बिभिन्न माग अघि सार्दै पुन आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले मुआब्जा पाउनुपर्ने जग्गाको तत्काल मुआब्जा वितरण गर्नुपर्ने, घरबस्ती भएको जग वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेको मूल्यमै वितरण गर्नुपर्ने लगाएतका माग राखेका छन् । उनीहरुले असोज १० गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update