हिमाल दैनिक
केपी ओली नाटक गर्न निकै सिपालु छन्: अध्यक्ष दाहाल
pushpa-kamal-dahal=prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको बताएका छन्। सोमबार माओवादी कार्यालयमा आयोजित सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा प्रचण्डले पदका लागि नै पार्टीलाई धोका दिएकै कारण नै ओली बालुवाटारबाट बालकोट जानुपरेको बताएका हुन् । बालुवाटारबाट बालकोट जाँदा पैसा खर्च गरेर पञ्चेबाजा बजाइएको आरोप लगाउदै प्रचण्डले ओली नाटक गर्न निकै सिपालु गरेको तर्क गरे । उनले पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधिसभाको बिघटन गरेको र ओलीसंग संगत गर्दा जलन भएको उल्लेख गरे । उनले राष्ट्र र जनताप्रति निष्ठावान हुँदै पार्टीलाई अघि बढाइने धारणा राखे । उनले एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार माओवादीमा प्रवेश गर्न नदिइने प्रतिवद्धता जनाए । गठबन्धनलाई टुटाउने षडयन्त्र भएकाले सवै षडयन्त्रलाई असफल बनाउने उनको भनाई छ । प्रचण्डले नेपालको परिवर्तनमा ज्यान आहुती गर्ने सहिदहरु र अग्रजहरु पार्टीका लागि गर्वको बिषय भएको बताए ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update