हिमाल दैनिक
नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको बिधान अधिवेशनमा पेश गर्ने बिधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनलाई सुझावसहित केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ । ललितपुरस्थीत तुलसीलालस्मृति प्रतिष्ठानमा सोमबार बसेको बैठकले तीनैवटा प्रतिबेदनमाथि छलफल गर्दै सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको हो । उक्त प्रतिवेदनहरु असोज ७ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी बैठकमा पनि उक्त प्रतिवेदनमाथि छलफल हुने र आवश्यक सुझावसहित अन्तिम रुप दिएर बिधान अधिवेशनमा पेश गरिने भट्टराईले बताए । बिधान प्रतिवेदन ९ औ महाधिवेशनको निरन्तरता भएको र संघीय संरचना अनुसार केहि परिमार्जन गरिएको उनले जानकारी दिए । बिधान संशोधनमा प्रतिवेशनमा तीन उपाध्यक्ष रहने व्यवस्था गरिएको र अध्यक्ष लगाएतका पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था रहेको पनि भट्टराईले बताए । उनले भने, 'विधान ९ औँ महाधिवेशनको विधानकै प्रस्ताव छन् । ९ औँ राष्ट्रिय महाधिवेशन हुँदा मुलुक संघियतामा गएको थिएन् । अहिले हामीले संघीय संरचना अनुसार संविधानतः विधानलाई व्यवस्थित गर्ने प्रस्ताव छन्। ” उनले केन्द्रीय कमिटी, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिवको निर्वाचन गर्ने प्रस्ताव रहेको बताएका छन् । एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरमा विधान महाधिवेशन बस्ने तय भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update