यातायात व्यवस्था कार्यालय,सवारी चालक अनुमति पत्र लुम्बिनी प्रदेश कार्यालयले परीक्षणकालीन अनुमति पत्र बितरण शुभारम्म गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले परीक्षणकालीन अनुमति पत्रको शुभारम्म गरेका हुन् । शुभारम्म कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा अब प्रदेशमा एकै प्रकारको सवारी चालक अनुमति पत्र लागु गरिने बताए । उनले नवीकरण र नयाँ सवारी चालक अनुमति पत्र एकै प्रकारको लागु गरिने बताउदै सवारी चालक अनुमति प्राप्त व्यक्तिले संसारको जुनै ठाउँमा पनि रोजगारी प्राप्त हुने वातारण सिर्जना गर्न पहल गर्ने बताए । केसीले प्रदेशमा असरल्ल परेको यातायात प्रणालीमा सुधार आउने दाबी गरे ।
केसीले अब चाडै नै लुम्बिनी प्रदेशका अन्य स्थानबाट पनि सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्यलाई तीव्रता दिने बताउदै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकार लागी रहेको बताए ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय