आइपिएल-२०२१ फेज-२ मा आज आर्सिबी ९२ रन मा आल आउट भएको छ । टस जितेर ब्याटिंगका लागि क्रिजमा उत्रेको आर्सिबी १९ ओभरमा ९२ रनमा आइ आउट भएको थियो । केकेआरलाई अब खेल जित्नका लागि ९३ रन बनाउनु पर्नेछ ।
आर्सिबीका कप्तान विराट कोहली भने आज ४ बल मा ५ रन बनाएर आउट भएका थिए । आइपिएलको २०० औं खेल खेलमा विराटलाइ कृष्णले एलबीडब्लु गरेका थिए । विराटले डीआरएसको सहायता लिएपनि उनि स्टाम्पको अघि देखिएको पाएपछि ५ रन बनाएर पभिलियन फर्किएका थिए । त्यस्तै विराटले आज अर्को क्रितिमान राख्न बाट चुकेका छन् ।
त्यस्तै आर्सिबीका अर्का स्टार खेलाडी देवदत्त पडिक्कलले पनि त्यति राम्रो प्रदर्शन भने दिन सकेनन । उनि पनि २२ रन बनाएर लाकी फर्ग्यूसनको बलमा दिनेश कार्तिकको हात बाट क्याच आउट भएका थिए ।
वरुण चक्रवर्तीले १२ औं ओभरमा ग्लेन मैक्सवेल (१०) र वानिंदु हसरंगा (०) मा लगातार दुई बलमा आउट गरेका थिए । शानदार अवसर प्राप्त गरेका चक्रबतीले हैट्रिक लिने भने सकेनन .।
आजको खेलबाट डेब्यू गरेका श्रीकर भरत (१६) लाई आंद्रे रसेलले आउट गरेर केकेआरलाई तेस्रो उपलब्धि दिलाएका थिए । यो ओभरमा रसेलले एबी डिविलियर्सलाई शुन्यमा पभिलियन फर्केका थिए । केकेआरसंगको खेलमा डिविलियर्स दोश्रो पटक शुन्यमा आउट भएका हुन्।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय