हिमाल दैनिक
राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय
sher-bahadur-deuba (3)
सरकारले राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि केपी ओली नेतृत्वको सरकारले राजनीतिक तवरबाट नियुक्त गरेका सवै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 'अघिल्लाे सरकारकाे पालामा राजनीतिक तबरले गरेका सबै राजदूत फिर्ता बाेलाउने निर्णय भएकाे छ,' मन्त्री कार्कीले भने। त्यस्तै बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्लाह सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलोमिटर र लैफुबद्रीगाँउदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटरमा ट्रयाक निर्माण कार्य सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने निर्णय बैठकले गरेको छ भने औषधी ऐनलाई संशोधन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको पनि गठन गरेको प्रवक्ता कार्कीले बताए ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update