हिमाल दैनिक
इटालियन सिरी ‘ए’ युभेन्ट्सको पहिलो जित
juventus
इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले स्पेजियालाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-२ को गोल अन्तरले पराजित गरेको हो स्पेजियाको घरेलु मैदानमा भएको खेलको २८ औं मिनेटमा एड्रिएन राविओटको पासमा मोइस किनको गोलले युभेन्ट्सलाई अग्रता दिलाएको थियो । खेलको ३३ औं मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले गोल गर्दै खेललाई बराबरीमा पुराए । पहिली हाफ बराबरी सकिएको खेलको दोश्रो हाफको ४९ औं मिनेटमा म्यगिओरेको पासमा जानिस एन्टिस्टेले गोल गर्दै फेरी एक गोलको अग्रता लिए । खेलको ६६ औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै खेललाई फेरी बराबरीमा पुराए । खेलको ७२ औं मिनेटमा म्याथ्थिज डि लेग्टले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। युभेन्ट्सको यो लिगको पहिलो जित हो । ५ खेल खेलेको युभेन्ट्सले उडिनेस र एसी मिलानसँग बराबरीमा खेलेको थियो भने इम्पोली र नेपोलीसँग पराजित भएको थियो। यस जी संगै युभेन्ट्सले ५ अंक बटुल्दै लिगको १३औं स्थानमा उक्लिएको छ । त्यस्तै स्पेजिया ४ अंकसहित १७ औं स्थानमा रहेको छ । त्यस्तै बुधबार भएको अर्को खेलमा सालेरनीटाना र अ‍ेलास भेरोना २–२ गोलको बराबरी खेलेको छ भने, इम्पोलीले क्याग्लिएरीमाथि २-० र एसी मिलानले भेनेजियामाथि २–० को अग्रताले जित हासिल गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update