प्रमुख प्रतिपक्षी नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।
एमाले सांसदको बिरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले बिहीबारको बैठकमा उक्त दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । दुई बिधेयक भएसंगै सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउने बाटो खुलेको छ ।
त्यसअघि बिहीबारको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । बिरोधकाबीच सभामुख अग्नी सापकोटाले दुई बिधेयकमाथिको छलफललाई अघि बढाएका थिए भने छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग लिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री शर्माले बागमती प्रदेशमा उद्योग सञ्चालन हुँदा प्रदुषण भएको बिषयमा बागमती प्रदेशबाट अन्य प्रदेशमा उद्योग सार्ने प्रक्रिया सुरु भएको बताए । उन ले करको दायरा बृद्धि गरेर राजस्वलाई बृद्धि गर्ने नीति रहेको जानकारी दिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । त्यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्