आइपिएलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आर्सिबी) लाई हराएको छ । शुक्रबारको भएको यस संस्करणको ३५ औं खेलमा चेन्नईले आर्सिबीलाई ६ विकेटले पराजित गरेको हो।
खेलमा आर्सिबीले चेन्नईलाई १५७ रनको टार्गेट दिएको थियो । त्यसको जबाफमा चेन्नईले ११ बल अघि नै उक्त लक्ष्य हासिल गरेको थियो । आर्सिबीविरुद्धको जित संगै चेन्नई लिगको शिर्ष स्थानमा पुगेको छ ।
आर्सिबीले दिएको टार्गेटको लागि फाफ डु प्लेसिस र ऋतुराज गायकवाड़ले राम्रो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि उनीहरुले ७१ रन जोडेका थिए । गायकवाड़ २६ बलमा ३८ रन बनाएर युजवेंद्र चहलको बलमा आउट भएका थिए । पहिलो विकेट पछि ग्लेन मैक्सवेले आफ्नो ओभरको पहिलो बलमा नै डु प्लेसिस (३१) को विकेट लिएका थिए । ओपनिङ्ग जोडीलाई पभिलियन फर्काएपछि हर्षल पटेलले मोईन अलि (२३) लाई आउट गर्दै तेस्रो विकेट लिएका थिए । पटेलले अर्को ओभरमा अंबाती रायडू (३२) लाई पनि आउट गरेका थिए ।
जित संगै ९ खेल खेलेको चेन्नई १४ अंक बटुल्दै लिगको शिर्ष स्थानमा रहेको छ भने आर्सिबी १० अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय