फ्रेन्च लिग वानमा लियोनेल मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अनुसार अर्जेन्टिनी फरवार्ड मेस्सीको घुंडामा चोट लागेको कारण मोन्टपेलिएरविरुद्धको खेल खेल गुमाउने भएका हुन् ।
यसअघि चोटकै कारण मेस्सीले यसअघि मेट्जसंगको खेल पनि गुमाएको थियो । पीएसजीले लियोनबिरुद्धको खेलमा मेस्सी घाइते हुन पुगेका थिए ।
यसै सिजनमा बार्सिलोनाबाट पीएसजी आएका मेस्सीले अहिले सम्म ३ खेल खेलेका छन्। तर, अहिले सम्म मेस्सीले एक गोल पनि गर्न सकेका छैनन् । खेल आज राति १२:४५ बजे हुँदैछ । ७ खेल खेलेको पीएसजीले आफ्नो अपराजित यात्रा कायम राख्दै २१ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ ।
यस संगै च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेल पनि मेस्सीले गुमाउने सम्भावना बढेर गएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय