आइपिएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई पराजित गरेको छ । आइपिएल फेज -२ मा आइतबार भएको पहिलो खेलमा चेन्नईले केकेआरलाई अन्तिम बलमा दुई विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिंग गरेको केकेआरले चेन्नईलाई १७२ रन को टार्गेट दिएको थियो । खेलको अन्तिम ओभरमा चेन्नईलाई जित्नका लागि ४ रनको चाहिएको थियो । सुनिल नरेनले अतिम ओभरमा राम्रो बल्लिंग गरे पनि केकेआरलाई जित दिलाउन भने सकेनन।
१७२ रनको टार्गेटका लागि चेन्नईले राम्रो सुरुवात गरेको थियो , पहिलो विकेटका लागि ऋतुराज गायकवाड़ र फाफ डु प्लेसिसले ७४ रन जोडेका थिए। यो जोडीले केकेआर माथि लगातार दबाब बनेको थियो। तर, आंद्रे रसेल गायकवाड़ र प्लेसिसको साझेदारी तोड्दै पहिलो विकेट लिए । गायकवाड़ २८ बलमा ४० रन बनेर आउट भएका थिए। त्यस्तै अर्धशतकको नजिक पुगेका प्लेसिस (४३) लाई भने प्रसिद्ध कृष्णाले पभिलियन फर्काएका थिए । अंबाती रायडू (१०) लाई सुनिल नरेनले बोल्ड गर्दै कोलकाताका लागि तेस्रो विकेट लिएका थिए ।
चेन्नईको जितमा सबैभन्दा मुख्य भूमिका रबिन्द्र जडेजाले खेलेका थिए । उनले ८ बलमा २२ रनको पारी खेका थिए । उनले लगातार २ चौका, र २ छक्क लागेका थिए । जडेजालाई प्रसिद्ध कृष्णा बिरुद्ध १९ ओभरमा २१ हासिल गर्दै चेन्नईको जितका लागि निकै नै महत्वपुर्ण भूमिका खेलेका थिए ।
यस खेल संगै चेन्नई १६ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ भने केकेआर ८ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय