हिमाल दैनिक
आइपिएल फेज-२ मा आइतबार भएको दोश्रो खेलमा रोयल चालेन्जर्स बेंगलुरु (आर्सिबी) ले मुम्बई इन्डियनसलाई पराजित गरेको छ । साबिक विजेता मुम्बईलाई आर्सिबीले ५४ रनले पराजित गरेको हो । खेलमा मुम्बईलाई आर्सिबीले १६६ रनको टार्गेट थियो । तर, मुम्बईले केवल १११ रन मात्र बनाउन सक्यो। खेलमा आर्सिबीका बल्लर हर्षल पटेलले १७ ओभरमा शानदार बलिङ्ग गरेका थिए। उनले लगातार ३ बलमा ३ विकेट लिएका थिए। पटेलले हार्दिक पंड्या (३), किरोन पोलार्ड (७) र राहुल चाहर (०) लाई आउट गर्दै आफ्नो ह्यट्रिक पुरा गरेका थिए । आर्सिबीका लागि ह्यट्रिक लिने हर्षल तेस्रो बलर हुन् । आर्सिबीले दिएको टार्गेटका लागि मुम्बईले शानदार सुरुवात गरेको थियो। पहिलो विकेटका लागि रोहित शर्मा र क्विंटन डी कॉकले ५७ रन जोडेका थिए । यो जोडीलाई युजवेंद्र चहलले तोडेका थिए । युजवेंद्रले डी कॉक (२४) लाई आउट गरेका थिए । डी कॉकको विकेट पछि ग्लेन मैक्सवेलले रोहित शर्मा(४३) लाई आउट गरेका थिए। यसपछि अर्को ओभरमा युजवेंद्रले ईशान किशन (९) को विकेट लिएर मुम्बई तेस्रो झट्का दिए। मुम्बईलाई चौथो विकेट मैक्सवेलले क्रुणाल पंड्या (५) को लिएका थिए । सूर्यकुमार यादवले भने जम्मा ८ रन बनेर पभिलियन फर्किएका थिए। त्यस्तै हार्दिक पंड्या (३) र किरोन पोलार्ड (७) ले पनि राम्रो प्रदर्शन गर्न सकेनन। यस जित संगै आर्सिबी १२ अंक सहित प्ले अफमा खेल्ने सम्भावना बढेको छ। त्यस्तै मुम्बई हर संगै सातौ स्थानमा पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update