प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक डांकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले आज बेलुका ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
आजको बैठकमा राजीनितिक दल बिभाजन सम्बन्धि अध्यादेश बारे छलफल हुने बताइएको छ ।यसअघि आइतबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको थियो ।
अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् बिस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने बिषयमा छलफल गरेका थिए । जस अनुसार आजको बैठकमा राजनीतिक दल बिभाजन सम्बन्धि अध्यादेश खारेज गर्ने सम्भावना बढेको छ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय