हिमाल दैनिक
दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा प्रधानमन्त्रीले भने: "सल्लाह गर्दैछौ"
sher-bahadur-deuba (6)
प्रधानमन्त्री शेर बहादुर देउवाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताएका हुन् । अध्यादेशका बारेमा प्रधानमन्त्री देउवाले संसद भवनमा नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गरेका हुन् । छलफल उनले यस बिषयमा सल्लाह भइरहेको बताएका हुन् । त्यस्तै नेकपा समाजवालीका नेता बिरोध खतिवडाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी दिए । उनले अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताए । त्यस्तै जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राइले अहिले दलसम्बन्धी अध्यादेशको औचित्य समाप्त भएकाले अव फिर्ता लिनुपर्ने बताए । उनले एउटै दलमा बस्न नसक्नेलाई अन्य दलमा जाने बाटो खुलाउनका लागि अध्यादेश ल्याइएको र अव त्यसको आवश्यकता सकिएको बताए ।. उनले अव दलबिभाजनसम्बन्धी कानूनलाई निरन्तरता दिए दलभित्र बिकृति पैदा हुने धारणा राखे।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update