नेपाली कांग्रेसका नेता रमेश लेखकले अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् ।
सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको बताए ।
उनले छिटै मन्त्रिमण्डलले पूर्णता दिन छलफल भइरहेका जानकारी दिए । नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको धारणा राखे ।
त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने दावी गरे ।
दशैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने लेखकको भनाई छ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय