एजेन्सी – आफ्नो कीर्तिमानी खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको थियो ।
च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । खेलभरमा खासै प्रभाव जमाउन नसकेका रोनाल्डोले खेलको अन्तिम समयमा पाएको मौका भने खेर जान दिएनन् ।
इन्डिसनका काभानीले प्राप्त बललाई फ्रेन्डलाई दिए । फ्रेडले क्रस गरेको बलमा रोनाल्डोले हेड गर्दै जेसी लिङ्गार्डलाई दिए । लिङ्गार्डले त्यो बल फेरि रोनाल्डोलाई दिए । त्यहि बलमा रोनाल्डोले गोल गर्न सफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलकिपरले रोक्ने प्रयास गरेपनि बल उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
पोर्चुगिच फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा कीर्तिमान बनाएका छन् । इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय