काठमाडौँ- राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्दैछन् ।
काठमाडौं र चितवनबीचको खेल बिहान ९:३० बजे शुरू हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा छ ।
भैरहवा र ललितपुरबीचको खेल दिउँसो १:३० बजे शुरू हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्न चाहन्छ भने ललितपुर पहिलो जित निकाल्न चाहन्छ ।
यद्यपी जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाकारअनुसार हाल देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई एक-दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ।
विभागले बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण जारी गर्दै आज (बिहीबार) देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यसले खेल प्रभावित हुनसक्ने आँकलन गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय