हिमाल दैनिक
परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै
dr_narayan_khadka_E9tuMsgKP4
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फर्कँदैछन्। संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उनले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए। कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका भन्दै उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिएका थिए। यस्तै, अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी थिए।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update