हिमाल दैनिक
कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य सुधारउन्मुख
purna-bahadur-khadka_KeReuV6uiP (1)
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य सुधारउन्मुख रहेको एपीएफ अस्पतालले जनाएको छ। अस्पतालले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पूर्वगृहमन्त्री समेत रहेका खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो। कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि खड्का गत मंगलबार सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए। ‘कोभिड १९ निमोनियाको लागि उपचाररत रहनु भएको छ। उहाँको स्वास्थ्य अवस्था स्थिर र सुधारउन्मुख रहेको छ’, अस्पतालका डा. सशस्त्र प्रहरी उपरीक्षक प्रविन नेपालले भनेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update