माल्दिभ्समा जारि १३ औं साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुआत गरेको छ ।
मालेमा शुक्रबार भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध बंगलादेशका लागि तोपु बर्मानले निर्णायक गोल गरे ।
बर्मानले खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् ।
खेलको ५५ औं मिनेटमा डुकसन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो।
यस जितसँगै बंगलादेशले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
साफ च्याम्पियनसिप अन्तर्गत नै नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ।
यस पटकको साफमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका गरि ५ राष्ट्रको सहभागिता रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय