साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अन्तिम समयमा गोल गर्दै तीन अङ्क जोडेको छ। नेपालका लागि ८६औँ मिनेटमा मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई तीन अङ्क दिलाएका ।
मनिषले मध्य भागमा पाएको बललाई मालदिभ्सका चार रक्षात्मक खेलाडीहरूलाई छक्क्याउँदै सुन्दर गोल गरे। उनले मालदिभ्सको रक्षापंक्तिलाई छलाउँदै अघि बढेर गोल गरेको दृश्य नेपाली फुटबलमा लामो समय सम्झिने दृश्य रहने छ। खेलको ६९औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका मनिषले नेपाललाई एक स्मरणीय गोल दिएका छन्
खेल अवधिभर मालदिभ्सले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। नेपालको रक्षापंक्तिले मालदिभ्सको आक्रमणहरूलाई निस्तेज पारिरहे। नेपाली रक्षापंक्तिले अनुशासित भएर खेल्दै मालदिभ्सलाई गोल गर्ने कुनै मौका दिएनन्। नेपाली कप्तान किरण चेम्जोङले सधैँ झैँ केही उत्कृष्ट बचाउहरू गरेका थिए।

नेपाली टोलीले २२ वर्ष पछि मालदिभ्सलाई पराजित गरेको हो। यसअघि २२ वर्षको अवधिमा मालदिभ्ससँगको ७ खेल खेलेको नेपाल ५मा पराजित र २ बराबरीमा टुङ्गाएको थियो।
खेलपछिको प्रेस सम्मेलनमा खुसी देखिएका नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल जितको हकदार रहेको बताएका छन्। उनले मालदिभ्स विरुद्धको खेलका हिरो मनिष डाँगी रहेको र नेपाली टोली प्रतियोगिताको उपाधिको दाबेदार पनि रहेको बताए।
अहिलेको नेपाली टोलीलाई खारिन अझै समय चाहिने र समय पाएमा यो टोली खारिँदै जाने विश्वास पनि प्रशिक्षक अलमुताइरीले लिए।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८