हिमाल दैनिक
ओलीले धोका दिएपछि मैले पेश गरेको डकुमेन्ट ‘बमवार्ड द हेडर्क्वाटर’ हो: अध्यक्ष दाहाल
pushpa-kamal-dahal-prachanda (3)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालिन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको बताएका छन् । शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोकादिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग गरको बताएका हुन् । उक्त समयमा मुलुककै प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै रहेको भन्दै देश दुर्घटनामा पर्न नदिन आफुले त्यस्तो कदम लिएको बताए । प्रचण्डले ओली प्रधानमन्त्री छँदा तीन वर्ष आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप पनि लगाए । त्यस्तै उनले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुको बिकल्प नरहेको धारणा राखे । त्यस्तै उनले एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने र दोष माओवादीलाई लगाउने योजना बुनिएको भन्दै सतर्क रहनुपर्ने बताए । त्यस्तै प्रचण्डले देशको हिरो माओवादी नै भएको दावी गर्दै अव माओवादीको अगुवाईमा पूर्वमाओवादीको एकता प्रक्रिया सुरु गरिने बताए । एकताका लागि मोहन बैध लगाएतका नेताहरुसंग छलफल भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update