आइपिएल २०२१ फेज २ मा दिल्ली कैपिटल्स प्ले-अफमा पुगेको छ । शनिबार भएको पहिलो खेलमा दिल्लीले साविक विजेता मुम्बई इन्डियनसलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।
टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रिएको मुम्बईले ७ विकेटको नोक्सानमा १२९ रङ बनाएको थियो । १३० रन को टार्गेटका लागि दिल्लीले ५ बल अघिनै ४ विकेटले जित हात परेको थियो । दिल्लीको जितका लागि आर अश्विनले लगातार छक्काको वर्षा गरेका थिए ।
दिल्लीका लागि श्रेयस अय्यरले शानदार ब्याटिंग गरेका थिए । श्रेयसले ३३ बलमा ३३ रनको पारि खेलेका थिए जसमा उनले २ चौका लागेका थिए । त्यस्तै श्रेयसले आश्विनसंग ७ औं विकेटका लागि ३९ रनको सझेधारी बनाएका थिए ।
टार्गेटका लागि दिल्लीले खराब सुरुवात गरेको थियो । टिमले आफ्नो पहिलो ५ विकेट ७७ रनमा गुमाएको थियो। धवन (८), शा (६ ) र स्मिथ (९) मा पभिलियन फर्किएका थिए । त्यस्तै पन्तले पनि केवल २६ रन बनाउन सके भने अक्षर पटेलले पनि ९ रन मात्र जोड्न सकेका थिए ।
खेलमा मुम्बईले ३० रनमा नै दिल्लीको ३ विकेट उडाएको थियो । शिखर धवन ८ रनमा नै रन आउट भएका थिए । त्यस्तै पृथ्वी शा (६) को विकेट क्रुणाल पंड्याले लिएका थिए भने स्मिथ (९) लाई कूल्टर नाइलले क्लीन बोल्ड गरेका थिए ।
चौथो विकेटका लागि श्रेयस अय्यर र ऋषभ पन्तले २७ रनको जोडेका थिए तर, जयंत यादवले पन्तलाई २६ रनमा आउट गर्दै दिल्लीलाई अर्को झट्का दिएको थियो । शिमरोन हेटमायर (१५) को विकेट बुमराहले लिएका थिए ।
यस जित संगै अब दिल्ली १२ खेलमा १८ अंक सहित प्ले अफमा आफ्नो स्थान बनाएको छ । आइपिएलको प्ले अफमा दिल्ली लगातार तेस्रो पटक क्वालिफाइ भएको हो । त्यस्तै मुम्बई हार बेहोरे संगै १० अंक सहित ६ औ स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय