हिमाल दैनिक
चेन्नईमाथि राजस्थानको शानदार जित, प्ले अफमा जाने सम्भावना
rajasthan-royals
आइपिएल फेज-२ मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शनिबार भएको दोश्रो खेलमा राजस्थानले चेन्नईले ७ विकेटले पराजित गरेको हो । चेन्नईले राजस्थानलाई १९० रनको टार्गेट दिएको थियो । त्यसको जबाफमा राजस्थानले १५ बल अघि नै खेलमा जित हात परेको थियो । जितका लागि शिवम दुबेले ४२ बलमा ६४ रन बनाएका थिए भने यशस्वी जायसवालले २१ बलमा ५० रनको पारि खेलेका थिए। । चेन्नईले दिएको १९० रनको टार्गेटका राजस्थानले राम्रो सुरुवात गरेको थियो । ३२ बलमा एविन लेविस र यशस्वी जायसवालले ७७ रन जोडेका थिए । यो साझेदारी केएम आसिफले तोडेका थिए। उनले लेविसलाई २७ रनमा आउट गरेका थिए । त्यसको अर्को ओभरमा शार्दूल ठाकुरले यशस्वी जायसवाल (५०) लाई पभेलियन फर्काउदै राजस्थानको दोश्रो विकेट लिएका थिए। यशस्वी जायसवालले १९ बलमा नै आफ्नो अर्धशतक पुरा गरेका थिए । आइपिएलमा यो उनको पहिलो अर्धशतक हो । त्यस्तै आइपिएल २०२१को पावरप्लेमा फिफ्टी हान्ने यशस्वी जायसवाल पहिलो खेलाडी हुन्। पावरप्लेमा राजस्थानले ८१/१ का स्कोर बनाएको थ्यो । सन्जु सैमसन (२८) र शिवम दुबेले तेस्रो विकेटका लागि ८९८ रन जोडेका थिए । जोश हेज़लवुडले चार ओवरमा बिना विकेट ५४ रन खर्च गरेका थिए । शिवम दुबेले ४२ बलमा ६४ बलमा ६४ रनको पारि खेलेका थिए । आइपिएलमा यो उनको पहिलो अर्ध शतक हो । अब चेन्नई र दिल्लीसंग प्ले अफमा कुन कुन टिम जाने भन्नेमा अझै निदो भएको छन् । यस जित संग राजस्थान १० अंक सहित लिगको ६ औं स्थानमा पुगेको छ भने अझै पनि प्ले अफमा आफ्नो स्थान बनाउने सम्झावाना रहेको छ। राजस्थान संगै प्ले अफमा केकेआर, पन्जाब र मुम्बई पनि प्ले अफमा जाने सम्भावना रहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update