हिमाल दैनिक
एमाले विधान महाधिवेशन : राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित
emale-bidhan-mahadibeshan
नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित भएको हो । बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो । महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो । सो महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आजै एप्सको शुभारम्भ गरिएको छ । रासस
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update