हिमाल दैनिक
एमालेलाई कुनै मधुकैटभले हल्लाउन सक्दैन: अध्यक्ष ओली
kp-oli
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका साथ सुदृढ स्थितिमा पु-याएर नेतृत्व छाड्ने बताएका छन् । आइतबार ललितपुरमा पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले पार्टीलाई कुनै मधुकैटभले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुराएर मात्र नेतृत्व छाड्ने बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्ड–माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताए । उनले देश र जनताले देखाएको विश्वास एक इन्च पनि तलमाथि हुन नदिने दावी गरे । अध्यक्ष ओलीले देश बनाउने कर्तव्य एमालेको रहेको भन्दै देश बन्न सकेन भने यसको दोष आफ्नो काँधमा पर्ने धारणा राखे । ओलीले सु–शासन, समृद्धिका विषयमा अरू राजनीतिक पार्टीसँग एमालेको भिन्नता रहेको उल्लेख गरे । एमाले नेतृत्वको सरकारले गरेको असाधारण बिकासको कामलाई कसैले उछिन्न नसक्ने ओलीले तर्क गरे । ओलीले आफ्नो देवत्वकरण भयो भन्नु विरोधीहरुले चलाएको हल्ला मात्र भएको भन्दै पार्टीमा लिडरसिप हुने र लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने बताए । ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको धारणा पनि राखे । विरोधीहरू आफु बाचिरहेकाले र अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर बिरोधीहरु चिन्तित रहेको उनले तर्क गरे ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update