नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन प्राप्त गरेका शाक्य ७ सय ९६ मत प्राप्त गरेर सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन्।
रञ्जितलाई कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समर्थन गरेका थिए।
त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशस वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन्। काठमाडौं महानगरमा १६ वर्षपछि कांग्रेसको निर्वाचन भएको हो।
यसअघि २०६२ सालमा ११ औँ महाधिवेशनमा काठमाडौंमा नगर अधिवेशन भएको थियो।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्