आइपिएल फेज-२ मा सोमबार दिल्ली कैपिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । दिल्लीले अन्तिम ओभरमा ३ विकेटले खेल जित्दै लिगको शिर्ष स्थानमा पुगेको छ।
दिल्लीलाई चेन्नईले १३७ रनको टार्गेट दिएको थियो । जसका लागि दिल्लीले ७ विकेटको नोस्कनमा २ बल अघि जित हासिल गरेको थियो । टार्गेटका लागि शिमरोन हेटमायरले १८ बलमा २८ रनको पारि खेलेका थिए ।
शार्दूल ठाकुरले दिल्लीको पारीमा १५ औं ओभरमा पहिलो र अनितम बलमा आश्विन(२) र शिखर धावन(३९) लाई आउट गर्दै चेन्नईलाई खेलमा फर्काएका थिए ।
पृथ्वी शा और शिखर धवनले पहिलो विकेटका लागि २४ रन जोडेका थिए । तीन चौका हानेका शा निकै राम्रो फर्ममा देखिएका थिए । तर दिपक चाहरले उनलाई आउट गर्दै पभिलियन फर्काएका थिए । चेन्नईको दोश्रो सफलता जोश हेजलवुडले दिएका थिए । उनले श्रेयस अय्यर (२) लाई आउट गरेका थिए ।
जित संगै दिल्ली लिगको शिर्ष स्थानमा पुगेको छ । १३ खेलमा १० खेलमा जित हात पर्दै दिल्ली २० अंक सहित लिगको शिर्ष स्थानमा पुगेको हो ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय