काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७’ पेस गर्ने कार्यसूची रहेको छ।
नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्