हिमाल दैनिक
ठगीको आरोपमा इच्छाराज तामाङ पक्राउ
Ichchharaj tamang 1633401943
काठमाडौं । प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित १२ जना बढीलाई पक्राउ गरेको हो । सिभिल सहकारीका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद समेत थिए । ब्यूरोका प्रमुख धिरजप्रताप सिंहका अनुसार उनलाई सोमबार बेलुका सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो । ४६ करोड बढी रकम ठगी गरेको भन्दै ७५ जनाले उजुरी दिएका थिए । बाँकी बचतकर्ता पनि उजुरी लिएर ब्यूरो जाने तयारीमा रहेपछि पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update