हिमाल दैनिक
प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भयो: मुख्यमन्त्री राउत
lal-babu-raut
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो राजनीतिक जीवनलाई बदनाम गराउनका लागि साइकल खरिद प्रक्रियामा अनियमतताको आरोप लगाइएको दावी गरेका छन् । बुधबार प्रदेश दुई प्रदेशसभामा बिशेष समय लिएर बोल्दै उनले साइकल खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै आफुलाई बदनाम गर्न खोजिएको बताएका हुन् । उनले खरिद प्रक्रियाका कागजपत्र देखाउदै अध्ययन गरेर धारणा बनाउन आग्रह गरे । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि प्रदेशसभामा उनले धारणा सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेशको कार्यक्रममाथि नै राजनीतिकरण गर्न खोजिएको तर्क गरे । बैठकमा उनले पहिलो लटभन्दा दोस्रो लटको साइकल एक केजी हेभी र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरे । मुख्यमन्त्री राउतले संघीयतालाई समाप्त र कमजोर गर्ने खेल निन्दनिय भएको धारणा राखे।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update