हिमाल दैनिक
नेकपा (माओवादी केन्द्र)ले सरकारमा पठाउनका लागि तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीका तर्फबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउन निर्णय गरेको हो । त्यस्तै बैठकले बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । मन्त्रालयको हकमा भने अझै टुङ्गीन नसकेको उहाले बताउनुभयो । त्यस्तै बैठकले पार्टी निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनमा देखिएको विवादलाई मध्यनजर गर्दै यसलाई नयाँ ढंगले यसलाई समाधान गर्ने निर्णय गरिएको प्रवक्ता महराले बताए । माओवादी केन्द्रबाट वर्तमान सरकारमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update