हिमाल दैनिक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा बिश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो । त्यस्तै उहाको विपक्षमा २३ मत परेको थियो भने बैठकमा सय मत खसेको थियो । मुख्यमन्त्री राउतलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका थिए । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत माग्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update