हिमाल दैनिक
आखिर किन एमाले परित्याग गरे भानुभक्त जोशीले?
bhanu-bhakta-joshi
नेकपा एमालेका नेता भानुभक्त जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी बाट राजिनामा दिएका छन् । बिहीबार काठमाडौंमा समाजवादी प्रवेश गर्दै नेता भानुभक्त जोशीले एमालेको आन्तरिक जिवनमा असहज अवस्था गराई प्रतिनिधिसभा बिघटन गर्ने प्रयास ओलीले गरेको आरोप लगाए । उनले १० बुदे सहमति कार्यान्वयन नहुदा एमाले नेता तथा कार्यकर्ता निराश हुन थालेको र पूर्वाग्रहको अवस्था कायमै रहेकाले एमालेबाट राजीनामा गरेको जानकारी दिए । उनले भने ,'पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु। ' समाजवादीले भानुभक्त जोशीलाइ स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने तयारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update