हिमाल दैनिक
नेकपा एसको भागमा चार मन्त्रालय
nekapa-es
नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारमा चार मन्त्रालय पाउने भएको छ । चार मन्त्रालयमा सहभागी हुने मन्त्रीको टुङ्गो शुक्रबार लगाउने समाजवादी जनाएको छ । बिहीबार काठमाडौंमा बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले वर्तमान सरकारमा ४ मन्त्री र १ राज्यमन्त्री पठाउने निर्णय गरेको समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मन्त्रीहरूको टुंगो भने शुक्रबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने खतिवडाले बताए । उनका अनुसार समाजवादीले शहरी बिकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय पाउनेछ । खतिवडाले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री समाजवादीले पाउनेगरि गठबन्धनबीच सहमति भएको जानकारी दिए । त्यस्तै स्थायी कमिटी बैठकले पार्टीको चूनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ भने केन्द्रीय आयोगहरुको संख्या ३५ र तीन पदाधिकारी राख्ने निर्णय गरिएको खतिवडाले बताए । बैठकले पार्टीको सम्पर्क समन्वय समिति र केन्द्रीय कार्यालयका साथै सचिवालय पनि गठन गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले एक उपमहासचिव र तीन सचिव मनोनयन गरिएको उनले बताए । बैठकमा केन्द्रीय कमिटी सदस्यहरुको नामका बारेमा छलफल गरेको र यसका बिषयमा केन्द्रीय सचिवालय टुङ्गो लगाएर नाम सार्वजनिक गर्ने खतिवडाले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update