हिमाल दैनिक
राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र
maovadi-kendra
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले बैठकमा पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा समेत छलफल भएको उहाले बताए । मंगलबार पुन बैठक बस्ने र आवश्यक निर्णय गरिने महराले जानकारी दिए । उनले भने, 'आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुुरु भयो । आज आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ । विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोली निर्णय हुन्छ, एजेण्डा प्रवेश भएर छलफल सुरु भएको त्यसैले भोलि मात्रै निर्णय हुन्छ । ' कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।  
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update