हिमाल दैनिक
सरकारले नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीलाई जनही ५ लाख दिने
gyanendra-bahadur-karki (2)
सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update