हिमाल दैनिक
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ । आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ं.३ रेक्टर स्केलको परकम्प गएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update