हिमाल दैनिक
एमालेले ढाल्दिउँ भन्ने हो भने यो सरकार सात दिनभित्र ढाल्दिन्छौँ : अध्यक्ष ओली
kp-oli (2)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने दावी गरेका छन् । बुधबार काठमाडौंमा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् । ओलीले एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने बताए । उनले भने,
[icon name="quote-left" prefix="fas"] अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिउँ भन्ने हो भने । यस्तै–यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौँ । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र ! दिए सिद्धिने कुरा छ त्यहाँ । अरूले भन्दा हामी दिन सक्छौँ नि । अरूले पाँच विलो लगाउनुपर्छ । हामीलाई त के छ र सिंगै आफू हो । प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै । हामी त त्यो गर्न सक्छाँ नि । अरूले त्यो गर्न सक्छ ? कांग्रेसले माधव (नेपाल)लाई चालिस प्रतिशत देओस् त ? प्रचण्डलाई देओस् त ४० प्रतिशत । सक्दैन । तर, हाम्रो अभिष्टचाँहिँ सरकार बनाउने होइन । हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौँ । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउछौँ । [icon name="quote-right" prefix="fas"]
ओलीले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताउनुभयो । त्यस्तै उहाले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताए । नेपालको विकासमा केही पार्टीले धक्का पु¥याएको आरोप लगाउँदै ओलीले एमालेलाई अबको चुनावमा कसैले पनि रोक्न नसक्ने जिकिर गरे । साठगाँठ नगरीकन आगामी चुनावमा अन्य दलले एउटा वडा पनि जित्ने अवस्था नरहेको उनको भनाई छ । अध्यक्ष ओलीले कांग्रेस आउँदो चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेससंग नागरिकमा जाने कुनै मुद्धा नरहेको बताए । ओलीले आफु नेतृत्वको सरकारले मुलुकमा बिकासको बाढि ल्याएको तर्क गरे । सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको भन्दै उनले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको जिकिर गरे । त्यस्तै उनले अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार भएको टिप्पणी गर्दै ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको तर्क गरे । अध्यक्ष ओलीले बाटो बिराएकालाई एमालेको ढोका सदैव खुल्ला रहने भन्दै माधव नेपाललाई भने अब एमालेमा कुनै ठाँउ नरहेको बताए । ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने दावी पनि गरे । विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उनले कहाँ हुने भन्ने निश्चित भइनसकेको पनि बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update