बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको आज मत लिंदैछिन्।
गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरे लगत्तै आज बस्ने गरी स्थगित गरिएको थियो ।
आज हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्