नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको राजनीतिक नेतृत्व सम्हालिन नसक्दा बिभिन्न आन्दोलन पछि उपलव्ध भएको परिवर्तन गुम्ने खतरा रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशन उद्घाटन गर्दै थापाले २००७ र २०७४ सालको उपलब्धि खेर गएको र पछिल्लो आन्दोलनपछि प्राप्त नयाँ उपलब्धि खेर जाने खतरा पैदा भएको बताएका हुन् ।
थापाले देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत सावित भएको समेत बताए ।
राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सलबलाउन थालेको उनले बताए । उनले यसअघिको सरकार र वर्तमान सरकारले नागरिकले खोजेजस्तो गति पक्रन नसकेको धारणा पनि राखे । अहिलको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था हुनसक्ने भन्दै सवै दल मिलेर बन्ने सरकारले मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय