हिमाल दैनिक
तोकिएको समयमा महाधिवेशन गर्ने के गाह्रो छ?: नेता सिंह
prakash-man-singh
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । आइतबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको र पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गरेका हुन् । उनले केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको आरोप लगाए । उनले भने “महाधिवेशन तोकिएको समयमा हुनुपर्छ । के गाह्रो छ ? निर्वाचन समिति तयार छ। पार्टी सभापतिले समिति माथि समिति गठन गरेर बेकारमा आलटाल गरिरहनु भएको छ ।” त्यस्तै उनले तोकिएको मितिमा नै पार्टीको महाधिवेशन हुने बताए । १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै उनले आफु सभापतिको अभियानमा होमिसकिएको बताए । तयस्तै उनले पार्टी सभापतिले सरकार र पार्टी चलाउन नसकेको आरोप पनि लगाए । उनले मुलुकमा बाढि पहिरोबाट निकै क्षति पुगेपनि सरकारले उचित ध्यान दिन नसकेको बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update