हिमाल दैनिक
बहुमत गुमाएका मुख्यमन्त्री भीम आचार्यको सत्ता अझै एक साता लम्बियो
bhim-acharya
प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ। साढे १२ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले बैठक स्थगित गर्न निवेदन दिएपछि आजको बैठक स्थगित भएको हो । आजको बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन गर्ने कार्यसूची रहेको थियो । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए। आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए । प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्‍वासको मत नपाउने निश्‍चित छ । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्‍छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update