हिमाल दैनिक
परमादेश जारी गर्ने पाँचैजनाले राजीनामा गरे हुन्न ?: अध्यक्ष ओली
kp-oli (4)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् । मङ्गलवार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन्। ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह समेत गरे । ओलीले बार र वकिलले संसद् विघटनका बेला बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाउदै हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको जिकिर गरे । एमाले अध्यक्ष ओलीले वर्तमान सरकार पुर्ण रुपमा असफल भएको दावी गरे । विकास निर्माणका लागि बर्तमान सरकार नबनेको भन्दै उनले आफ्ना मान्छे नियुक्ति गर्ने र कर्मचारीको सरुवा आतंक मचाउने काम गरेको धारणा राखे । उनले व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न नसकेको र निस्प्रभावी र पक्षपातपूर्ण भएको बताए । ओलीले जनताका चाहना नै एमालेको चाहना भएको भन्दै एमाले एकताबद्ध बनेको सन्देश जनतामाझ पु¥याउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको दावी गरे । ओलीले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update