हिमाल दैनिक
नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताएका हुन् । उनले भने, ‘तपाईंहरू डायरी र मोबाइलमा टिपेर राख्नुस्, आगामी निर्वाचनमा एमाले एक्लैले चुनाव जित्ने छ, संघमा एक्लै बहुमतको सरकार बनाउने छ, प्रदेशमा पनि अधिकांश प्रदेश सरकार एमालेका हुने छन्, स्थानीय तहमा त ६० प्रतिशतभन्दा बढी स्थानमा एमालेले जित्ने छ।’ उनले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । पौडेलले एमालेबाट स्वार्थी,पदको लालचीहरु बाहिरीपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई÷चार जना बाहिरीएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारे । पौडेलले एमालेलाई सिंहदरवारतिर हेर्ने फुर्सद नभएको बताउदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागी एमालेलाई रोक्ने तागत कसैसगँ नभएको जिकिर गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update