नेपाल बार एसोसिएसनको सल्लाहकार समिति बैठकमा अधिकांशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्न र नदिए देशव्यापी आन्दोलन गर्ने कार्यक्रम गर्न कार्यसमितिलाई सुझाव दिएको छ ।
मंगलबार बसेको समिति बैठकमा प्रधानन्यायाधीशको सिधै राजीनामा माग्न र राजीनामा नदिए देशभरिका अदालतको इजलास बहिष्कार गर्न सुझाव दिएका हुन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधाीश चोलेन्द्र शमशेर जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
प्रधानन्याधिशले न्यायलयमा सम्पादन गरेका कुराहरु न्यायसम्वत नभएको भन्दै कार्यक्षमताका बारेमा आफुहरुले धारणा व्यक्त गरेको उनले बताए ।
बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्