हिमाल दैनिक
एमालेको बिरोधकै बीच राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश
samsad-abarudh
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठकमा बिरोध जनाएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै यसअघि एमालेमा रहेका माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेका सांसदहरुले विरोध जनाएका हुन् । बैठकमा एमालेका सांसदहरुले संसदीय मर्यादा कायम गर, गैरसांसदहरुलाई निषेध गर लगाएका नारा लगाएका थिए । एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नी सापकोटाले सदन अवरुद्ध हुदा सदनले गर्नुपर्ने कामहरु रोकिएको भन्दै सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । त्यस्तै बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद संचालनमा सहयोग पु¥याउन उनले आग्रह गरे । सभामुख सापकोटाले बिधि र पद्धतीका आधारमा आफ्ना कुरा सदनमा राख्न ध्यानाकर्षण पनि गराए । सभामुखको आग्रहपछि पनि एमालेका सांसदहरुले नारावाजीलाई जारी राखेपछि सभामुख सापकोटाले नियमित कार्यसूची अघि बढाएका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै बैठकमा सभामुख सापकोटाले सदनमा अनुपस्थीतिको सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबारसम्मका लागि स्थगीत गरिएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले चालू अधिवेशन सुरु भएदेखिनै निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा बिरोध गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update